लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिए लोकमान

हिमाल प्रेस ३० वैशाख २०८१ २१:०३
40
SHARES
लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिए लोकमान

काठमाडौँ- मुलुकमा लोकतन्त्रको पुर्वाहलीपछि पनि शक्तिमा आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका छन्। सर्वोच्च अदालतले अख्तियार प्रमुख बन्न संविधानले तोकेको योग्यता नपुगेको भन्दै उनलाई २०७३ पुस २४ गते पदमुक्त गर्न आदेश दिएपछि उनी विरलै मात्र सार्वजनिक कार्यक्रममा देखिन्थे।

आइतबार वानीरा फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०५ औँ जन्मजयन्तीको अवसरमा नइका चारवटा कृति लोकार्पण कार्यक्रममा कार्की देखिएका हुन्। उनी पछिल्लो समय अध्यात्मा, अध्ययन र  लेखनमा व्यस्त थिए।

उनी भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्षका रूपमा कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शंकर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण एक साथ गरिएको थियो।

प्रा.डा.उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्रा.डा.सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि : ललितत्रिपुरसुन्दरी’, डा.अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास’ र अणुराज जोशीद्वारा सामू उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृतिहरू लोकार्पण गरिएका हुन्।

कार्की २०४१ साउन ९ मा राजप्रासाद सेवाअन्तर्गत राजसभाको उपसचिव पदमा नियुक्त भएर सरकारी सेवामा कार्यरत थिए। २०७० वैशाख २२ गतेको संवैधानिक परिषद्को निर्णयलाई अदालतले बदर गरेको थियो। साथै सो सिफारिसबमोजिम राष्ट्रपतिबाट २०७० वैशाख २५ मा गरिएको नियुक्ति, प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको शपथ र उनलाई नियुक्ति गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरू सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यस समयमा कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव समेत दर्ता भएको थियो। कार्की काम गर्ने क्षमता भएका व्यक्ति भए पनि उनले अख्तियारमा हुँदा गरेकाे कामबारबाही प्रति दलकाे आँखा लागेकाे थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =