कांग्रेसले भन्यो : सरकारले भोलिसम्म संसदीय छानबिन समिति बनाउने विश्वास छ

हिमाल प्रेस ३० वैशाख २०८१ १६:२७
8
SHARES
कांग्रेसले भन्यो : सरकारले भोलिसम्म संसदीय छानबिन समिति बनाउने विश्वास छ रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न सोमबारसम्म संसदीय समिति बनाउने विश्वास व्यक्त गरे। यही माग राखेर कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। उक्त छलफल बिनानिष्कर्ष टुंगिएको छ।

सभामुखसँगको छलफलबाट बाहिरिनेक्रममा लेखकले भने, ‘मलाई विश्वास छ, भोलि दिउँसोसम्ममा सरकारले, सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याउनेछ।’

संसदीय छानबिन समिति बनाउनुपर्ने अडान आफूहरूले बैठकमा दोहोर्‍याएको उनले सुनाए । उनले सदनको अवरोध अन्त्यका निम्ति सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए। सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ।

यही विषयलाई लिएर आजै बिहान कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटार पुगेर छलफल गरेका थिए। त्यसपछि प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए।

प्रकाशित: ३० वैशाख २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =