सभामुख र प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिनै टुंगियो

हिमाल प्रेस ३० वैशाख २०८१ १६:०९
18
SHARES
सभामुख र प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिनै टुंगियो

काठमाडौँ- नेपाली कांग्रेसको अवरोधका कारण गतिरोध उत्पन्न अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको छ। घिमिरेले मंगलबार संयुक्त सदनमा पेस हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउनेलगायतका विषयमा कानुनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए।

बैठकबाट बाहिरिँदै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्‍याएको बताए।

उनले सदन सुचारु गर्ने विषय सरकारको भूमिकामा भर पर्ने जिकिर गरे। ‘सरकारले कसरी डिल गर्छ त्यसमा भर पर्छ। हामीले संसदीय समिति छानबिनको अडान सभामुखसमक्ष पनि दोहोर्‍याएका छौं। प्रधानमन्त्रीले कुन मार्गबाट निकास दिनुहुन्छ। त्यो उहाँको काम हो’, उनले भने।

सत्तारुढ घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानून सम्वत् नभएको जिकिर गरे।

‘नेपाली कांग्रेसले समितिको नाममा सरकार माग गरेको हो। त्यो सम्भव छैन। नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भने पनि छानबिन समिति बन्दैन।’ सहकारी ठगीमा संलग्नलाई कारबाही र बचतकर्ताको जोखिममा परेको रकम फिर्ताका लागि सरकारलाई सहयोग गर्न एमाले तयार रहेको उनको भनाइ छ।

प्रकाशित: ३० वैशाख २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =