कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक

हिमाल प्रेस ३० वैशाख २०८१ १४:३३
12
SHARES
कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको हाे।

यस्तै, सोमबार नै दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

शुक्रबार बसेको संसद् बैठक कांग्रेसको अवरोधका कारण जेठ १ गतेसम्मका लागि स्थगित भएको छ। कांग्रेसले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाएर अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ। सत्तापक्षले भने यसलाई अस्वीकार गर्दै आइरहेका छन्।

प्रकाशित: ३० वैशाख २०८१ १४:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =