संसद् अवरोध खुलाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस

हिमाल प्रेस ३० वैशाख २०८१ ११:५४
6
SHARES
संसद् अवरोध खुलाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल सकिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड संसद्को अवरोध खुलाउन सकारात्मक देखिएको कांग्रेस नेताहरूले बताएका छन् ।

छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले पूर्ववत अडान राखेको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको बताए ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए ।

प्रकाशित: ३० वैशाख २०८१ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast