सभामुखले बोलाए दलका प्रमुख सचेतक र सचेतकलाई छलफलमा

हिमाल प्रेस ३० वैशाख २०८१ ११:००
सभामुखले बोलाए दलका प्रमुख सचेतक र सचेतकलाई छलफलमा सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकलाई छलफलका लागि बोलाएका छन्।

दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्यरप्रमुख सचेतक र सचेतकसँग छलफल गर्न लागेका हुन्।

छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतको विषयमा केन्द्रित हुने सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

प्रकाशित: ३० वैशाख २०८१ ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =