गृहमन्त्री लामिछाने सहकारी ठगीमा मुछिएको यथेष्ट प्रमाणहरू छन् : प्रधान

हिमाल प्रेस २९ वैशाख २०८१ १८:१५
12
SHARES
गृहमन्त्री लामिछाने सहकारी ठगीमा मुछिएको यथेष्ट प्रमाणहरू छन् : प्रधान

काठमाडौँ- नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणबारे केन्द्रित भएरमात्रै संसदीय छानबिन समिति गठन हुनुपर्ने आफूहरूको अडान रहेको बताए छन्।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको यथेष्ट प्रमाणहरू मिडियामार्फत बाहिरिँदा पनि संसदीय छानबिन समिति नबन्नु दुःखद् भएको भन्दै लामिछानेको बचाउमा एमाले र सरकार लागिपरेको आरोप लगाए।

उनले गृहमन्त्री लामिछानेमाथि गम्भीर आरोप लागेको कारण तत्काल राजीनामा दिएर पार्टीकै नेतालाई सो जिम्मेवारीमा पठाउन सुझाए। यद्यपि उनले आफूहरूले गृहमन्त्री लामिछानेको राजीनामा भने नमागेको स्पष्ट पारे।

नेता प्रधानले आफू रवि लामिछानेबाट प्रभावित व्यक्ति भएको पनि सुनाए। उनले भने,‘म उहाँबाट धेरै प्रभावित भएको मान्छे हुँ। उहाँले सिधा कुरा चलाउनुभयो। सबै दलका नेता र सरकारलाई हिलो छ्याप्नुभयो। मिडियामा बोलेकै भरमा पहिचना बन्यो। उहाँलाई पक्राउ गर्दा चितवनमा जनता जुरूक्क उठे। चुनाव पनि जित्नुभयो। अहिले उहाँमाथि सहकारी ठगीको आरोप छ। प्रमाणहरू मिडियामा छताछुल्ल भएका छन्। कांग्रेसले यसबारेमा छानबिन समिति माग गर्दा उहाँले मान्नुभएन। सरकारले पनि रवि लामिछानेकै पक्षमा वकालत गरेको छ। प्रतिपक्षी दलले छानबिन समिति माग गरेपछि बनाउन किन आपत्ति भयो? गृहमन्त्री उहाँकै दलका साथीहरूलाई दिए भैगयो नि! दाग नलागेकोलाई दिँदा हुन्छ।’

शुक्रबारको संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने सहमति भएको भएपनि सभा चलाउने क्रममा सभामुखले सुरुमै प्रवेश नगराउने भनेर सहमित भएको विषयलाई प्रवेश गराएपछि विवाद सुरु भएको प्रधानले स्पष्ट पारे।

प्रकाशित: २९ वैशाख २०८१ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =