विद्यालय कर्मचारीको परिषद् भेला काठमाडौँमा सुरु [तस्बिरहरूसहित]

हिमाल प्रेस २९ वैशाख २०८१ १४:४४ | Saturday, May 11, 2024
विद्यालय कर्मचारीको परिषद् भेला काठमाडौँमा सुरु [तस्बिरहरूसहित]

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको चौथो परिषद् भेला काठमाडौँमा सुरु भएको छ।

काठमाडौँको डिल्लीबजारस्थित सांस्कृतिक संघको भवनमा जारी भेला भोलि आइतबारसम्म चल्नेछ।

भेलामा संस्थागत उपलब्धि, हुनुपर्ने ठोस उपलब्धि, विद्यमान समस्याको पहिचान र समाधानको उपायहरूमाथि छलफल हुने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ।

परिषद्को उद्घाटन नेपाल शिक्षक महासंघका नवनिर्वाचित अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, परिषद् अध्यक्ष गंगाराम तिवारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठका प्रमुख स्वकीय सचिवलगायतले गरे।

प्रकाशित: २९ वैशाख २०८१ १४:४४ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast