पदाधिकारी बैठकपछि कांग्रेसले भन्यो : सत्तापक्ष र सभामुख पेलेर जान खोजे

हिमाल प्रेस २९ वैशाख २०८१ १२:४६
4
SHARES
पदाधिकारी बैठकपछि कांग्रेसले भन्यो : सत्तापक्ष र सभामुख पेलेर जान खोजे

काठमाडौँ- नेपाली कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सरकारको रबैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पर्सी संसदीय दलको बैठक बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए।

उनले सोमबार १ बजे दिउँसो बैठकमा संसद्मा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेर निर्णय गर्ने निष्कर्षमा पुगेको बताए।

उनले भने,‘सरकार संसद् पनि चल्न नदिने र छानबिन समिति पनि नबनाउने निष्कर्षमा सरकार पुगेको कांग्रेसको ठहर छ। आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने त्यहि दिन संसदीय दलको बैठकबाट थप छलफल हुन्छ। र कसरी अगाडि बढ्ने निर्णय हुन्छ।’

उनले संसद्को गतिरोध अन्त्य र आफ्नो माग सम्बोधन होस् भनेर सभामुख जति संवेदनशील हुनुपर्ने त्यसो नभएको बताए।

सभामुख जवर्जस्ती कार्यसूचीमा प्रवेश गरेको उनको दाबी छ।
शुक्रबार संसद बैठकमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गरेको थियो।

सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम् घेराउ गरेर बोल्न जान दिएको थिएन।

प्रकाशित: २९ वैशाख २०८१ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =