सहरमा आज

वैशाख अन्तिम शनिबार कहाँ के हुँदैछ?

हिमाल प्रेस २९ वैशाख २०८१ ६:२५
102
SHARES
वैशाख अन्तिम शनिबार कहाँ के हुँदैछ?

काठमाडौँ- सधैँको साताझैँ शनिबार (आज) उपत्यकामा नेपाली फिल्म प्रदर्शनले हलहरू भरिपूर्ण भएको छ। हलमा खजुरे ‘ब्रो’, ‘मनसरा’, ‘बोक्सीको घर’ र ‘महाजात्रा’ चलिरहेको छ। थिएटरमा भने ‘बाजी’ र ‘बाखम्माः मुन्दुममा मान्छे’ मञ्चनरत छ। फुर्सदमा हुनुहुन्छ भने उपत्यकामा हुने मनोरञ्जनात्मक गतिविधि तपाईंको लागि उपयुक्त हुन सक्छ। त्यस्तै विभिन्न स्थानमा चित्रकला, मूर्तिकला पनि प्रदर्शनी भइरहेको छ।

हेरौँ कहाँ के हुँदैछ?

ललितकला प्रज्ञा–प्रतिष्ठानमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी

नक्सालस्थित ललितकला प्रज्ञा–प्रतिष्ठानमा तीन दिने चित्रकला तथा मूर्तिकला प्रदर्शनी चलिरहेको छ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागको आयोजना र ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा १५ दिने तालिममा सहभागी विद्यार्थीहरूले बनाएका चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएको छ। वैशाख २८ गते देखि सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्नेछ।

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ चलिरहेको छ।

मेलामा लघु तथा साना घरेलु उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको साथै बंगलादेश, भारत, चीनलगायत देशका औद्योगिक वस्तु र कपडाको २ सय ५० वटा स्टल छ। वैशाख २६ गते सुरु भएको व्यापार मेला ३० गतेसम्म चल्नेछ।

जापान फाउन्डेसन यात्रा प्रदर्शनी ‘याकिशिमेः अर्थ मेटामोर्फोसिस’

पानीपोखरीस्थित जापानी दूतावासको हलमा शनिबारदेखि ‘याकिशिमे: अर्थ मेटामोर्फाेसिस’ नामक चित्रकला प्रदर्शनी सुरु हुँदैछ। जापानी दूतावास र जापान फाउन्डेसनले आयोजना गरेको प्रदर्शनीमा जापानको परम्परागत संस्कृति, सिरेमिकहरू, माटोको भाँडा, चियाको भाँडाका साथै याकिशिमेको इतिहास, उत्पत्तिदेखि वर्तमानसम्मका कलाहरू राखिनेछन्।

प्रदर्शनी ३० मे अर्थात् आगामी जेठ १७ सम्म चल्नेछ। प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म खुल्ला रहने प्रदर्शनीमा प्रवेश निः शुल्क छ।

नाटकघरमा दुई नाटक

शिल्पीमा ‘बाजी’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा रंगकर्मी रविन परियार निर्देशित नाटक ‘बाजी (द बेट)’ मञ्चन भइरहेको छ। वैशाख २४ देखि मञ्चन भइरहेको नाटक रूसका कथाकार एन्टोन चेखवको कथा ‘द बेट’ मा आधारित छ।

चेखवले सन् १८८९ मा लेखेको कथालाई निर्देशक रविनलेनै नेपालीमा नाट्य रुपान्तरण गरेका छन्।

शिल्पी थिएटरकै प्रस्तुति रहेको नाटक वैशाख ३० गतेसम्म मञ्चन हुनेछ। नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जय प्रकाश ताजपुरियाको अभिनय छ। शनिबार नाटकको दुई सो छ, दिउँसो १ बजे र साँझ ५ः३० बजे।

मण्डलामा ‘बाखम्मा: मुन्दुममा मान्छे’

थापागाउँस्थित मण्डला थिएटरमा वैशाख १४ देखि नाटक ‘बाखम्माः मुन्दुममा मान्छे’ मञ्चन भइरहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा बनेको नाटकमा किरात राईको सभ्यता, संस्कृति र इतिहासलाई प्रस्तुत गरिएको छ।

नाटक राजन मुकारुङले लेखेका हुन्। केन्द्र मोसन्सको प्रस्तुति रहको नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरुङ, शिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राइको अभिनय छ।

सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन भइरहेको नाटक शुक्रबार, शनिबार र आइतबार राति साढे ७ बजेको अतिरिक्त सो पनि हुनेछ।

हलमा कुनकुन फिल्म ?

खजुरे ब्रो

सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’ वैशाख २८ गतेदेखि देशैभर प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा रियर राई, नीति शाह, महेश त्रिपाठी, नवीन मानन्धर, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ।

फिल्म धरानका चर्चित व्यक्ति खजुरेको जीवनसंघर्षमा आधारित छ। दुई साथीबीचको मित्रतालाई पनि फिल्मले देखाउन खोजेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, छाया सेन्टरमा फिल्मको चार सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीके सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘खजुरे ब्रो’ प्रदर्शन भइरहेको छ।

मनसरा

फिल्म ‘मनसरा’ वैशाख २१ देखि प्रदर्शन भइरहेको छ। उपेन्द्र सुब्बा निर्देशित फिल्मले निःसन्तान दम्पतीको व्यथा, समयक्रममा हराएका पात्रको पुनर्मिलनको कथा प्रस्तुत गरेको छ।

निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्ममा प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, नेनहान राई, दयाहाङ राई, हेमन्त बुढाथोकी, शान्ति गिरी, विप्लव प्रतीकलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको १९ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाज फिल्म ‘मनसरा’ चलिरहेको छ।

बोक्सीको घर

वैशाख १४ देखि हलमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन भइरहेको छ। समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा केकी अधिकारी छन्।

केकीले नै निर्माण गरेको फिल्म सुरक्षण भारतीले निर्देशन गरेका छन्। हरर मिस्ट्री जनरामा बनेको फिल्ममा केकी र निर्देशक भारतीसहित स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया, सुस्मा निरौला, जीवन बराल, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको २६ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बीएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘बोक्सीको घर’ चलिरहेको छ।

महाजात्रा

गत चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ आठौं सातामा प्रदर्शन भइरहेको छ। निर्माण टिमले शनिबार (आज) फिल्म प्रदर्शनको ५१ दिन मनाउँदैछ।

यो सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो श्रृंखला हो। अघिल्ला श्रृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।

साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ। फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको ३ सो छ।

त्यस्तै, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, बीएसआर मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाजमा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।

श्रीकान्त

बलिउड फिल्म ‘श्रीकान्त’ वैशाख २८ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। बायोग्राफी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक तुसार हिरानन्दनी हुन्।

फिल्ममा राजकुमार रोव, ज्योतिका, अलाया एफ, शरद केलकारलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, राइजिङ मल र छाया सेन्टरमा फिल्मको २० सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सिके सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाजमा बलिउड फिल्म ‘श्रीकान्त’ चलिरहेको छ।

द फल गाइ

वैशाख २१ देखि डेभिड लिच निर्देशित हलिउड फिल्म ‘द फल गाइ’ नेपालका हलहरूमा प्रदर्शन भइरहेको छ। एक्सन, कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा रायन गोस्लिङ, एमिली ब्लन्ट, हन्ना वडिङ्हमलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, र लबिम मलमा फिल्मको दुई सो छ।

प्रकाशित: २९ वैशाख २०८१ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =