वनमा आगो लगाएको अभियोगमा पक्राउ

हिमाल प्रेस २६ वैशाख २०८१ ६:५३
वनमा आगो लगाएको अभियोगमा पक्राउ प्रतिनिधिमूलक तस्बिर।

ओखलढुंगा- वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका-११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका-११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो।

ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ।

जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए। गत सोमबार सिद्धिचरण नगरपालिका-१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो।

प्रकाशित: २६ वैशाख २०८१ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast