‘सतीदेवी’ साउन ४ मा प्रदर्शन

हिमाल प्रेस २५ वैशाख २०८१ ११:२८
10
SHARES
‘सतीदेवी’ साउन ४ मा प्रदर्शन

काठमाडौँ- लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ। निर्देशक सुवेदीले वितरक कम्पनीसँग कागजी सम्झौतापछि आगामी साउन ४ गते प्रदर्शन मिति घोषणा गरेका हुन्।

यसअघि फिल्मको पहिलो पोस्टरमा अभिनेत्री मलिका महलको क्यारेक्टर लुक्सले निकै चर्चा पाएको थियो पोस्टरमा अभिनेत्री महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा छिन्। उनलाई गाउँलेहरु लखेटिरहेका छन्।

सामाजिक कथामा आधारित फिल्ममा बाबु छोरीबीचको स्नेहलाई देखाउन खोजिएको छ। उनीहरुको सम्बन्धमा आउने अवरोह र समाजले हेर्ने गलत सोचलाई चिर्न खोजेको निर्माण टिमले जनाएकाे छ। फिल्मको लेखन, गीत, निर्माण निर्देशक लक्ष्मणले नै गरेका  छन्।

मलिकासहित फिल्ममा फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जनाअधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायत कलाकारको अभिनय छ।

प्रर्दशन अघि नै फिल्मले चलचित्र महोत्सवमा चलचित्र महोत्सवमा विधामा फिल्म, पटकथा र अभिनेत्री अवार्ड जितेकाे थियाे भने  सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा निर्देशन र फिल्म विधामा उत्कृष्ट बनेको थियो।

फिल्म लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएकाे छ। बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा तारा थापा ‘किम्भे’ को सम्पादन, दीपक शर्मा र सुवास भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

छ। फिल्मका निर्माता दिलसा, सारा र श्रीदेवी सुवेदी हुन्। फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा बनेको छ। दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको हाे।

प्रकाशित: २५ वैशाख २०८१ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =