नेकपा एसको महाधिवेशनपछि वैचारिक भूकम्प जान्छ : महासचिव भुसाल

हिमाल प्रेस २१ वैशाख २०८१ १८:०१
170
SHARES
नेकपा एसको महाधिवेशनपछि वैचारिक भूकम्प जान्छ : महासचिव भुसाल घनश्याम भुसाल।

लम्बिनी- नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफूहरूको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक बैचारीक भुईँचालो जाने दाबी गरेका छन। नेकपा एकिकृत समाजवादी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले भुइँचालोका रुपमा ऐजेन्डा आउने हुन्।

‘जसरी एउटा ठूलो भुइँचालोपछि नयाँ शहरहरू सृजना हुन्छन्, त्यसैगरी नेपालको कम्युनिष्ट आन्दोलन पनि नयाँ तरिकाले अगाडि बढ्नेछ’ उनले भने। महासचिव भुसालले महाविधेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूलाई ध्रुविकृत गराउने समेत बताए।

उनले नेपालको कम्युनिस्ट आन्दोलनले समाजवादी कार्यक्रम आउन नसकेको बताउँदै विचार, सिद्धान्त र कार्यक्रमले आफूहरू ठिक ठाउँमा रहेको बताए। ‘छोडदिनुस् जति हन्डर खाइयो, खाइयो’ कार्यकर्तालाई आश्वस्त पार्दै भुसालले भने –‘खाने जति धक्का खाइयो, अब कार्यक्रम, संगठन र विचारका हिसाबले मजबुद दस्तावेज ल्याउँछौं।’ उनले समाजवादीले धक्का खाने ठाउँ पनि अब नरहेकाले अब ऐजेन्डाबाटै विचारको नेतृत्व गर्ने बताए। उनले नेकपा एमाले आफूहरूले बनाएको पार्टी भएको भन्दै ओली सुध्रिएको हो की भन्ने लागेको बताए।

महासचिव भुसालले प्रचण्ड र एमाले अध्यक्ष केपी ओली दुवै थाकेर बनेको गठबन्धनमा आफूहरू पनि सहभागी बनेको बताए। ‘प्रचण्ड जी काँग्रेस लडे थाक्नुभयो, एमाले अध्यक्ष केपी ओली जी पार्टीभित्रको अन्तरविरोध पार्टीभित्रको प्रश्नले थाकेपछि गठबन्धन बनेको हो ’ उनले भने –‘यो कति लामो समय जान्छ, त्यो ओली जीको व्यवहारमा भर पर्छ।’

उनले गठबन्धन ओलीकै कारण खतरामा रहेको पनि संकेत गरे। ‘गरिएको सम्झौता उल्ल्घन गर्ने, सहमति उल्लघन गर्ने यो नेकपा एमालेमा ओली जी आएदेखि भइरहेको छ, उहाँ हुँदा अलिअलि हुने कुरा हामीलाई थाहा भएकै हो,’ उनले भने –‘त्यो चुँडिने गरी नतान्नुस अन्यथा क्षति हुनेछ।’

उनले सुदुरपश्चिम प्रदेशमा समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन किचकिच गरेको तर्फ संकेत गर्दै उनले सहमति चुडिने गरी नतान्न आग्रह गरे। उनले विगतमा काँग्रेससँगको गठबन्धनमा आफूहरूको भूमिका हस्तक्षेपकारी नभएको बताउँदै अहिले आफूहरू झगडा गर्ने अवस्थामा आइपुगेको बताए।

त्यस्तै पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुलीले आफूहरू जनताको पक्षमा काम गर्नका लागि विद्रोह गरेर मैदानमा होमिएको बताए। उनले एमालेलाई शक्तिशाली बनाउन विगतमा मिहिनेत गरे पनि पार्टीले वाचा पूरा नगरेपछि विद्रोह गरिएको बताए। उनले जनताको समस्या समाधान गर्नका लागि नै नेकपा (एस) पार्टी ल्याइएको दाबी गरे।

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आफूहरूकै कारण संविधानको रक्षा भएको बताए। उक्त अवसरमा विद्रोह कुनै रहरले नगरिएको बताए। उनले एमालेबाट विद्रोह गरेर संविधान बचाएको दाबी गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादव, रुपन्देहीका कार्यबाहक अध्यक्ष श्रीराम यादव, उपाध्यक्ष चिन बहादुर गुरुङ, उपसचिव टंक पोखरेल, विजय लक्ष्मी राय लगायतले बोल्दै समाजवादी पार्टीले जनताको मुद्दा उठाइरहेको बताए। उक्त अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायत परित्याग गरी ३५० जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन्।

प्रकाशित: २१ वैशाख २०८१ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =