असई थमन विक हत्या प्रकरण : मधेश प्रदेशका सांसद अभिराम निलम्बित

हिमाल प्रेस २१ वैशाख २०८१ १६:५२
322
SHARES
असई थमन विक हत्या प्रकरण : मधेश प्रदेशका सांसद अभिराम निलम्बित सांसद शर्मा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सांसद शर्मालाई निलम्बन गरेको मधेश प्रदेश सभा सचिवालयले जनाएको छ।

उनले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका थिए। महोत्तरी जिल्ला अदालतको २८ मंसिरको इजलासले असइ विकको हत्या प्रकरणमा शर्मासहित सातजनालाई जन्मकैद फैसला सुनाएको थियो।

माघदेखि सांसद शर्मा पाउने सेवा–सुविधा रोक्का समेत रोक्का गरिएको थियो। सोही प्रकरणमा लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता समेत रहेका शर्मालाई निलम्बन गरिएको सचिवालयले जनाएको छ।

मधेश आन्दोलनको समय ०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। सोही वर्ष फागुन २७ गते जिल्ला अदालतले २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

हेटौँडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए। घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए।

प्रकाशित: २१ वैशाख २०८१ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast