विपद्‌बाट एक वर्षमै १ अर्ब २३ करोड क्षति

हिमाल प्रेस २१ वैशाख २०८१ १५:५७
10
SHARES
विपद्‌बाट एक वर्षमै  १ अर्ब २३ करोड क्षति

काठमाडौँ- सरकारले विगत एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको आकलन गरेको छ। शुक्रबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले उक्त जानकारी दिएका हुन्।

२०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिब १ अरब २३ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए। उनले यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्‌बाट ६३ जना र आगलागीबाट २६ जनाको मृत्यु भएको बताए। एक वर्षमा सडक दुर्घटनाबाट १ हजार ५४७ जनाको मृत्यु भएको र ४ हजार १४७ जना गम्भीर घाइते भएका अर्यालले जानकारी दिए।

सचिव अर्यालले विपद्‌बाट विगत १० वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि बताए। त्यस्तै १० वर्षको अवधिमा २२ हजार ८२२ जनाको सडक दुर्घटनामा मृत्यु भएको र ४८ हजार ६१६ जना घाइते भएका पनि उनले जानकारी दिए।

डढेलो प्रभावितहरूलाई प्रमुख जिल्ला अधिकारीमार्फत १५ देखि २० हजार रुपैयाँ उपलब्ध गराइराखिएको र अस्थायी आवास बनाउनका लागि कार्यविधिलाई संशोधन गरेर ५० हजार रुपैयाँ दिइने अर्यालले बताए।

‘प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारणले कुल गार्हस्थ्य उत्पादनमा पनि ह्रास भएको छ। राहत, उद्धार र अरु कामहरूमा खर्च गर्नुपर्ने र विकास निर्माणमा खर्च गर्न नसक्ने अवस्थाले गर्दा विपद् नेपालको लागि चुनौतीको विषय भएको छ,’ उनले भने, ‘२०७० सालदेखि २०७९ सम्म करिब १० वर्षको आकलन हेर्ने हो भने ४१ अर्ब ६० करोड क्षति भएको अनुमान छ।’

प्रकाशित: २१ वैशाख २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =