आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुन्छ: सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस २१ वैशाख २०८१ १४:५४
10
SHARES
आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुन्छ: सञ्चारमन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा रहेको बताएकी छन्।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसदमा दर्ता भएको जानकारी दिइन्। उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको बताइन्।

सञ्चारमन्त्री शर्माले छाता कानुनका रूपमा आमसञ्चार ऐन बनेपछि सरकारको तर्फबाट आमसञ्चारको व्यवस्थापन र सहजीकरणका लागि छाता निकायका रूपमा आम सञ्चार प्राधिकरण बनाएर मिडियाको प्रवर्द्धन, श्रमजीवी पत्रकारको पेशागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालनलगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोच रहेको पनि बताइन्।

मन्त्री शर्माले कानुन निर्माणका क्रममा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई मार्गदर्शन मानेर अघि बढिरहेको बताइन्। उनले नयाँ प्रविधिसँगै आएका चुनौतीको सामना गर्न आम सञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

प्रकाशित: २१ वैशाख २०८१ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =