जिल्ला शाखा र निकायहरूलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

हिमाल प्रेस २१ वैशाख २०८१ १२:२३
14
SHARES
जिल्ला शाखा र निकायहरूलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले देशभरका जिल्ला शाखा र निकायहरूलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ। नवीकरणमा सहजीकरण गर्न भन्दै यस्तो आग्रह गरिएको हो।

सोसाइटीको ४९औँ महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेर नवीकरणका लागि अघि बढ्नुपर्ने भएकाले छिटो गरी लेखापरीक्षण गराउन आग्रह गरिएको रेडक्रसले जानकारी दिएको छ।

अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले रेडक्रसले अडिटको छलफल भइसकेको भन्दै ७७ जिल्लाकै अडिट रिपोर्ट आवश्यक रहेको बताए। समयभित्रै अडिट रिपोर्ट बुझाउन जिल्ला शाखाहरूलाई उनले आग्रह गरे।

भदौसम्म केन्द्रबाट अडिट गरेर असोजसम्म नवीकरण गरिसक्ने समय निर्धारण गरिएको नेपालले बताए।

‘अडिटका लागि कसरी जान ठीक हुन्छ भनेर पनि छलफल गरेका छौँ। अब अडिटका लागि व्यवस्थित गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘७७ जिल्लाकै अडिट चाहिन्छ, लेखा चाहिन्छ। एकीकृत लेखा प्रणाली अपनाउनुपर्छ। भदौसम्ममा केन्द्रबाट सकेर असोजसम्म नवीकरण गरिसक्ने समय निर्धारण गरेका छौँ।’

प्रकाशित: २१ वैशाख २०८१ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast