७० प्रतिशत आप्रवासी कामदार जलवायु परिवर्तनको जोखिममा

हिमाल प्रेस २१ वैशाख २०८१ ११:१७
6
SHARES
७० प्रतिशत आप्रवासी कामदार जलवायु परिवर्तनको जोखिममा तस्बिर पिक्सेलबाट

काठमाडौँ- ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल सेफ्टी एन्ड हेल्थ (एनआईओएसएच) ले विश्वभरका आप्रवासी कामदारहरूमध्ये ७० प्रतिशतभन्दा बढी कामदार गर्मी र जलवायु परिवर्तनका कारण जोखिमाम परिरहेको जनाएको छ।

उक्त संस्थाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अध्ययनलाई उद्धृत गर्दै जलवायु परिवर्तनको प्रभावले कामदारहरूलाई गर्मी, अत्यधिक पराबैंगनी (यूभी) विकिरण, वायु प्रदूषण, भेक्टर र रसायनजन्य जोखिम दैनिक बढिरहेको जनाएको छ।

गर्मी र जलवायु परिवर्तनका कारण रोगहरूको संख्यामा वृद्धिको जोखिम बढेको नेशनल इन्स्टिच्युट अफ अकुपेशनल सेफ्टी एन्ड हेल्थ (एनआईओएसएच)का उपाध्यक्ष मणिवानन गोविनले जानकारी दिएका छन्।

उनका अनुसार प्रतिकूल वातावरणका कारणले क्यान्सर र मुटुसम्बन्धी रोग, श्वास प्रश्वाससम्बन्धी समस्या, मिर्गौला फेल हुने र मानसिक स्वास्थ्यसम्बन्धी समस्या वृद्धि भइरहेको छ।

जलवायु परिवर्तनका कारण चर्को तापक्रममा काम गर्ने आप्रवासी श्रमिक विभिन्न रोगको सिकार समेत बन्न थालेका छन्। आईएलओले आप्रवासी कामदारको सुरक्षाका लागि १ सय ३९ वटा समझदारी पत्रमा हस्ताक्षर गरेको कतिपय देशले उक्त सन्धीको पालन नगर्दा समस्या बढ्दै गएको आईएलओले औंल्याएको छ।

आईएलओले स्वास्थ्य समस्याका कारण हरेक वर्ष कार्यालयबाहिर खुला क्षेत्रमा काम गर्ने कामदारहरू मध्ये ८ लाख ६० हजारको मृत्यु हुने गरेको जनाएको छ। जलवायु परिवर्तनका कारण यो संख्या बढ्न थालेको पनि आईएलओले जनाएको छ।

जलवायु परिवर्तनले सिर्जना गरेको तातो मौसममा परेका करिब २।४ बिलियन आप्रवासीको रोजगारीमा प्रत्यक्ष असर परेको जलवायु परिवर्तनसम्बन्धी आईएलओले गरेको एक अध्ययनमा उल्लेख छ।

आईएलओको अध्ययामा १.६ अर्ब कामदारहरू पराबैंगनी किरणहरुको सम्पर्कमा परेको र त्यसले प्रत्येक वर्ष छालाको क्यान्सरका कारण २०२३ मा १८ हजार ९ सय ६० जनाको मृत्यु भएको आईएलओले जनाएको छ। विश्वले जलवायु परिवर्तनबाट आप्रवासी श्रमिकमागि बढ्दो जोखिमलाई न्युनिकरण ध्यान दिनुपर्ने आईएलओको भनाइ छ।

प्रकाशित: २१ वैशाख २०८१ ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =