एसएसपी बिष्ट सम्मानित

हिमाल प्रेस २० वैशाख २०८१ १७:३०
864
SHARES
एसएसपी बिष्ट सम्मानित

काठमाडौँ- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्ट सम्मानित भएका छन्। प्रदेशमा रही आर्थिक वर्ष २०८०/८१ मा कार्यसम्पादनका आधारमा बिष्टलाई नेपाल प्रहरीले सम्मान गरेको हो।

विष्ट यसअघि आव २०७९/८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगद पुरस्कारसहित सम्मानित भएका थिए।

प्रहरी कर्मचारीहरुले सङ्गठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय आदेशको पालना गरेको प्राप्त जिम्मेवारी पूर्णइमान्दारीताका साथ पूरा गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उनलाई सम्मान गरेको हो।

विसं २०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका थिए। उनी २०७९ साल साउनमा एसएसपी भएका हुन्।

प्रहरीले त्यसअवसरमा प्रहरी निरीक्षक सरोजकुमार ठकुराठी, प्रहरी सहायक निरीक्षक रमेशराज भट्ट र प्रहरी वरिष्ठ हवल्लदार धवलसिंह महरालाई पनि उत्कष्ट ठहर गर्दै सम्मान गरेको थियो। रासस

प्रकाशित: २० वैशाख २०८१ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast