इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

हिमाल प्रेस १९ वैशाख २०८१ १९:४०
56
SHARES
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

भक्तपुर- चाँगुनारायण नगरपालिका-४, खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ।

भाडाको जग्गामा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका-४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए।

आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरका ३० जना प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट ९ जनाको प्रहरी टोली र आरएनए–१६ को टोली घटनास्थल पुगेर उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो।

अस्पताल लगिए पनि उनीहरू दुवैको मृत्यु भइसकेको कार्कीले जानकारी दिए।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले बताए।

प्रकाशित: १९ वैशाख २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast