माधव नेपालको गुनासो : गठबन्धनमा छौँ तर मनमा चैन छैन

हिमाल प्रेस १९ वैशाख २०८१ १८:२१
38
SHARES
माधव नेपालको गुनासो : गठबन्धनमा छौँ तर मनमा चैन छैन माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताएका छन्। आज बुधबार चितवनमा पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या,’ उनले भने, ‘अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन। धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’
उनले उनले भने, ‘त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे। तर अब सुध्रिए भने कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ। हामी आग्रह पालेर बसेको छैनौं।’

उनले समाजवादी मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने बताए। हाल चारवटा वामपन्थी पार्टी रहेको मोर्चामा अन्य समाजवादी शक्ति पनि आउन सक्ने उनले बताए।

‘विगतको कमजोरीको आत्मसमीक्षा गर्न तयार हुनुपर्यो, त्रुटि सच्चाएर आउनुपर्यो,’ उनले भने। अध्यक्ष नेपालले संविधान, गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेकाले उनीहरूलाई परास्त पार्न एक हुनु जरूरी रहेको बताए।

प्रकाशित: १९ वैशाख २०८१ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =