‘लेबर’ टिजरः देशको लिडर बन्न लेबरको संघर्ष

हिमाल प्रेस १९ वैशाख २०८१ १५:५६
26
SHARES
‘लेबर’ टिजरः देशको लिडर बन्न लेबरको संघर्ष

काठमाडौँ- मजदुरको संघर्षमा आधारित मैथिली फिल्म ‘लेबर’ बन्ने भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा टिजरसहित फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।

सार्वजनिक एक मिनेट ५८ सेकेन्डको टिजरमा विदेश नगई देशको लिडर बन्ने लेबरको कथा प्रस्तुत गरिएको छ। त्यसको लागि उसले गर्नुपरेको संघर्ष टिजरमा देख्न सकिन्छ। फिल्ममा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मका निर्देशक पुर्णेन्दु के झा हुन्। फिल्मको कथा निर्देशक झा र नरेश मिश्राको संयुक्त लेखनमा तयार भएकाे छ। फिल्ममा विदेशिन बाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ।

काठमाडौँ सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले फिल्मले लेबर र सरकार बीचको कथा भन्ने बताए। ‘हाम्रो देशबाट लेबरको काममा विदेसिन सङख्या बढी छ। उनीहरूको आ-आफ्नै कथा छ। ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्न गरेका हौँ।’ निर्देशक झाले भने।

मैथली भाषामा बन्ने फिल्म नेपाली र भोजपुरीमा स्वरांकन गरेर यसै वर्ष सन् २०२४ को अन्तिम डिसेम्बरमा प्रदर्शन गर्ने तयारी रहेकाे उनले जानकारी दिए। ‘हामीले बाहिर त बजार बनायौं तर नेपालमै मधेशमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन्। यसकारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, उनले भने।

फिल्म आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादनमा बन्ने फिल्म पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुनेछ।

यस्ताे छ टिजर

प्रकाशित: १९ वैशाख २०८१ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =