२२ जना प्रहरी नायव निरीक्षकहरूकाे बढुवा सिफारिस [सूचीसहित]

हिमाल प्रेस ४ जेठ २०८१ ९:१७ | Friday, May 17, 2024
२२ जना प्रहरी नायव निरीक्षकहरूकाे बढुवा सिफारिस [सूचीसहित] प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका २२ जना प्रहरी नायव निरीक्षकहरू प्राविधिक समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फमा बढुवा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयले बिहीबार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।

प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ रिक्त प्रहरी वरिष्ठ नायव निरीक्षकको दुई पद र प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भए बमोजिम बढुवा भए पश्चात रिक्त आउने हुने प्रहरी वरिष्ठ नायव निरीक्षक पद दुईसमेत गरी चार पदमा बढुवा गरिएको कार्यालयले जनाएको छ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार उक्त पदमा बढुवा सिफारिस गरिएको पनि कार्यालयले जनाएको छ।

 

प्रकाशित: ४ जेठ २०८१ ९:१७ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast