१० महिनामा सात अर्बको अलैँची निर्यात

हिमाल प्रेस ७ जेठ २०८१ १७:१२ | Monday, May 20, 2024
१० महिनामा सात अर्बको अलैँची निर्यात अलैँची टिप्दै किसान। फाइल तस्बिर

काठमाडौँ– चालु आर्थिक बर्षको १० महिनामा करिब सात अर्बको अलैंची निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म ६ अर्ब ९१ करोडको अलैंची विभिन्न देशमा निर्यात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा ४४ हजार २ सय ५२ क्वीटल अलैंची निर्यात भएको छ। यो निर्यात हालसम्मकै कार्पेटपछिको उच्च रहेको विभागको तथ्यांकमा छ। कार्पेट करिब आठ अर्बको निर्यात भएको विभागको तथ्यांकमा छ।

गत आवमा आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको विभागको तथ्यांकमा छ। भने १० अर्बभन्दा बढीको कार्पेट निर्यात भएको विभागले जनाएको छ।

चालु आर्थिक बर्षमा अलैँचीको भाउ बढेसँग यसको माग पनि बढेको नेपाल अलैँची महासंघले जनाएको छ। हाल अलैँचीको मुल्य प्रतिमन ९० हजारभन्दा बढीमा व्यापार भइरहेको महासंघको भनाइ छ।

नेपाली अलैंचीको मुख्य बजार भारत मात्र भएपनि पछिल्लो समय जर्मनी, इटाली, युनाइटेड स्टेट्स, अमेरिका, क्यानडा र पाकिस्तान लगायत देशमा निर्यात हुन थालेको महासंघले जनाएको छ।

पूर्वी पहाडी जिल्लाको मुख्य आयस्रोत अलैंची खेती भएको महासंघले जनाएको छ। देशमा उत्पादन भएको २ प्रतिशत अलैंची मात्रै आन्तरिक बजारमा खपत हुने र बाँकी सबै विदेशी बजारमा व्यापार हुने महासंघले जनाएको छ।

प्रकाशित: ७ जेठ २०८१ १७:१२ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast