१० महिनामा झन्डै साढे दुई खर्बको पेट्रोलियम पदार्थ आयात

हिमाल प्रेस १२ जेठ २०८१ ८:२३ | Saturday, May 25, 2024
१० महिनामा झन्डै साढे दुई खर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौँ- १० महिनामा नेपालमा झन्डै साढे दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालुु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुुई खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन) र एलपी ग्यासको आयात भएको हो।

गत वर्ष सो अवधिमा दुुई खर्ब ५७ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। बजारमा माग घट्दा इन्धनको आयातमा २२ अर्ब रुपैयाँले कमी हो।

बजारमा विद्युुतीय गाडीको प्रयोग बढ्दै जाँदा डिजेल र ग्यासको आयातमा कमी भएको तथ्यांकले देखाएको छ।

विभागका अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल आएको छ। यस्तै ५६ अर्ब ८० करोड रुपैयाँ बराबरको पाँच लाख ६७ हजार किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै १७ अर्ब ५८ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको एक लाख ६५ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ।

यस्तै ४६ अर्ब ९८ लाख रुपैयाँ बराबरको चार लाख ३५ हजार ९६३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ।

अत्यावश्यक रूपमा रहेको पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन नहुने भएकाले वार्षिक खर्बौं रुपैयाँको आयात गर्नुपर्ने बाध्यता छ। गत आवको पहिलो १० महिनामा एक खर्ब २५ अर्ब ३६ करोडको डिजेल, ५५ अर्ब ७९ करोडको पेट्रोल र ४९ अर्ब ७२ करोडको ग्यास आयात भएको विभागको तथ्यांक छ।

विभागका अनुसार विद्युुतीय गाडीको प्रयोगसँगै विकास निर्माणको काम तीव्रगतिमा नहुुँदा डिजेलको खपत अघिल्लो १० महिनाको तुुलनामा १० अर्ब रुपियाँले कमी आएको तथ्यांक छ।

औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ। आर्थिक गतिविधि नियमित नहुुँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुुन सकेका छैनन्।

यस्तै खाना पकाउने ग्यासको आयात झन्डै तीन अर्ब रुपैयाँले कमी आएको छ। पछिल्लो समय विद्युुतीय चुुलोको प्रयोग बढ्दै गएकाले बजारमा खपत हुँदा ग्यासमा समेत कमी आएको हो। गोरखापत्र दैनिकबाट

प्रकाशित: १२ जेठ २०८१ ८:२३ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast