हाजिरी जमानीमा छुटे सिरोहिया

हिमाल प्रेस १६ जेठ २०८१ २०:२२ | Wednesday, May 29, 2024
हाजिरी जमानीमा छुटे सिरोहिया कैलाश सिरोहिया

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा छुटेका छन्। धनुषा प्रहरीले उनलाई हाजिर जमानीमा छाडेको जानकारी दिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई छाडेको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ।

सिरोहियालाई जेठ ८ गते प्रहरीले काठमाडौँको थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेर धनुषा पठाएको थियो। उनीमाथि दोहोरो नागरिकता लिएको आरोप छ। सोही छानबिनका लागि सिरोहियालाई पक्राउ गरिएको थियो।

प्रहरी हिरासतमै रहेका बेला उनी जेठ ११ गते स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए। स्वास्थ्य समस्या बढेको भन्दै उनलाई मंगलबार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित: १६ जेठ २०८१ २०:२२ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast