स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

हिमाल प्रेस २ जेठ २०८१ २१:१४ | Wednesday, May 15, 2024
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

काठमाडौँ- स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। उनीमाथि धेरैपटक गोली प्रहार भएको हो।

उनको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्थामा गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

ह्यान्डलोभामा भएको एक सरकारी बैठक सकेर फर्किने क्रममा उनीमाथि गोलीबारी भएको हो। गोली लागेपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। त्यसपछि हेलिकप्टरमा बाइस्ट्रिकाको प्रमुख ट्रमा सेन्टरमा लगिएको थियो। आक्रमणमा अन्य कोही पनि घाइते भएका छैनन्।

गोली चलाउने बन्दुकधारीलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ जेठ २०८१ २१:१४ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast