स्रोत नखुलेको झन्डै एक करोड रुपैयाँसहित काठमाडाैँबाट दुई‍जना पक्राउ

हिमाल प्रेस २८ वैशाख २०८१ १०:०१ | Friday, May 10, 2024
स्रोत नखुलेको झन्डै एक करोड रुपैयाँसहित काठमाडाैँबाट दुई‍जना पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ-  स्रोत नखुलेको झन्डै एक करोड रुपैयाँसहित काठमाडौँबाट दुई‍जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिएकाे छ।

कार्यालयकाअनुसार पक्राउ परेका दुईजना  रुपन्देहीका हुन्।

कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले  घटनाबारे बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने बताए।

भट्टराईकाे भनाइमा उनीहरू दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला रकमसहित पक्राउ परेका हुन्।

प्रकाशित: २८ वैशाख २०८१ १०:०१ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast