 प्रतिनिधिमूलक तस्बिर
                             प्रतिनिधिमूलक तस्बिर 
                                            काठमाडौँ- स्रोत नखुलेको झन्डै एक करोड रुपैयाँसहित काठमाडौँबाट दुईजना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिएकाे छ।
कार्यालयकाअनुसार पक्राउ परेका दुईजना रुपन्देहीका हुन्।
कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले घटनाबारे बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने बताए।
भट्टराईकाे भनाइमा उनीहरू दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला रकमसहित पक्राउ परेका हुन्।
                            प्रकाशित: २८ वैशाख  २०८१ १०:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 