सूचना टाँसेर २ बजेसम्मका लागि संसद् बैठक स्थगित

हिमाल प्रेस ४ जेठ २०८१ १२:५६ | Friday, May 17, 2024
सूचना टाँसेर २ बजेसम्मका लागि संसद् बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभा बैठक स्थगित भएको छ। आज बिहान ११ बजेका लागि तय गरिएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको हो।

संसद्को जारी गत्यावरोध अन्त्यका लागि दलहरूबीच छलफल चलिरहेको छ।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने प्रतिपक्षीको अडानले संसद् समयमै सुरु हुन नसकेको हो। प्रतिपक्षी दलले केहीबेर अघि बैठक गरेर संसदीय छानबिन नबनाइ संसद् बैठक चल्न नदिने निर्णय गरिसकेका छन्।

आजै सभामुखले पनि केहीबेरमा दल प्रमुख सचेतकहरूसँग कुराकानी गर्दैछन्। त्यस्तै सत्तापक्षी दलका शीर्ष नेताले प्रतिपक्षी दलका नेतासँग पनि छलफल गर्दैछन्।

प्रकाशित: ४ जेठ २०८१ १२:५६ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast