सुर्खेतमा जिप दुर्घटना : मृत्यु भएका चारैजनाको सनाखत

हिमाल प्रेस १७ जेठ २०८१ ११:१८ | Thursday, May 30, 2024
सुर्खेतमा जिप दुर्घटना : मृत्यु भएका चारैजनाको सनाखत

काठमाडौँ- सुर्खेतमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

बिहीबार बिहान २ बजेर ४० मिनेटमा भे १ च २५६० नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ टाकुरे मोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ३ का तन्त कामी, वीरेन्द्र विक, नवराज विक र दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ का महेन्द्र शाहीको दुर्घटनामा मृत्यु भएको हो।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर शुभकालिका गाउँपालिका वडा नम्बर ३ का नरी कामी र खाँडाचक्र नगरपालिका वडा नम्बर ९ पाखाका नरेन्द्र विष्ट घाइते भएका छन्। विष्ट जिप चालक हुन्।

प्रदेश अस्पताल सुर्खेतमा उपचारारत घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

प्रकाशित: १७ जेठ २०८१ ११:१८ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast