काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्ने काम अदालती पक्रिया अनुसार भएको बताएका छन्।
उनले यस विषयमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको बताएका हुन्। नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने उनले बताए।
दोहोरो नागरिकता प्रकरणमा सिरोहिया हिजो पक्राउ परेका छन्। दोहोरो नागरिकताका विषयमा उनलाई धनुषा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
उनलाई पक्राउ गरेर धनुषा लगिएको छ। आज अदालतमा म्याद थप गर्ने प्रक्रिया चलिरहेको छ।
प्रकाशित: ९ जेठ २०८१ १२:०१ | Wednesday, May 22, 2024
प्रतिक्रिया




