सिरोहियालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न सरकारी वकिलको सिफारिस

हिमाल प्रेस ११ जेठ २०८१ १५:०९ | Friday, May 24, 2024
सिरोहियालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न सरकारी वकिलको सिफारिस कैलाश सिरोहिया

काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ। सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको दिनको म्याद थप्न सिफारिस दिएकोमा धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थपेको थियो।

आज पुनः ५ दिनको म्याद थप्न सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए। उनलाई झण्डै तीन घन्टापछि सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको छ।

नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहिया पक्राउ परेका उनको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ताले आज बहस गर्ने बुझिएको छ।

प्रकाशित: ११ जेठ २०८१ १५:०९ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast