सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

हिमाल प्रेस ११ जेठ २०८१ १८:५२ | Friday, May 24, 2024
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति कैलाश सिरोहिया

काठमाडौं- जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए।

सिरोहिया पक्षका अधिवक्ताहरूको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रोपटक तीन दिनको म्याद थप गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई ५ दिनको म्याद थप गर्न सिफारिस गरेकोमा न्यायाधीश ज्ञवालीको इजलासले दोस्रोपटक ३ दिनको म्याद थप गरेको अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराइले जानकारी दिए।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि दोस्रो पटक म्याद थप भएको हो। किर्ते नागरिकता प्रकरणमा सिरोहियामाथि अनुसन्धान चलिरहेको छ। दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको हो।

प्रकाशित: ११ जेठ २०८१ १८:५२ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast