सिटी बन्यो लगातार ४ पटक प्रिमियर लिग जित्ने एक्लो टिम

हिमाल प्रेस ७ जेठ २०८१ ६:४८ | Monday, May 20, 2024
सिटी बन्यो लगातार ४ पटक प्रिमियर लिग जित्ने एक्लो टिम

काठमाडौँ- म्यानचेस्टर सिटीले सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा सिटीले आइतबार वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोलले पराजित गर्‍यो। सिटी लगातार चार सिजन प्रिमियर लिगको उपाधि जित्ने पहिलो टिम समेत बन्न सफल भयो।

अन्तिम दिन सिटीलाई उपाधि जित्न जितको आवश्यक परेको बेला फिल फोडेनले पहिलो हाफको १८ मिनेट भित्रमै दुई गोल गरे। उनले खेलको दोस्रो मिनेटमै सिटीलाई अग्रता दिलाउदा १८ मिनेटमा अग्रता दोब्बर पारे।

५९ मिनेटमा सिटीका लागि रोद्रीले तेस्रो गोल गरेका थिए। त्यसअघि ४२ मिनेटमा कुडुसले वेस्ट ह्यामका लागि गोल गरे।

यता अन्तिम दिन जित निकाले पनि आर्सनलको उपाधि लक्ष्य भने पूरा हुन सकेन।

अन्तिम दिन आर्सनलले एभर्टनलाई २-१ गोलले हरायो। तर सिटीले अंक गुमाएको अवस्थामा मात्र आर्सनलको उपाधि सम्भावना थियो। अन्तिम खेलपछि सिटीले ९१ अंक जोड्दा आर्सनलले ८९ अंक जोड्यो।

प्रकाशित: ७ जेठ २०८१ ६:४८ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast