काठमाडौँ- सरकारले छरिएर रहेको सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सो योजना ल्याएको हो।
सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट सञ्चालिन कार्यक्रमको दोहोरोपन हटाउन आवश्यक नीतिगत तथा संस्थागन सुधार गर्ने योजना सरकारको छ। सरकारले सरकारी र निजी संस्थामा अनिवार्य श्रम अडिट गर्नुपर्ने कार्यक्रम ल्याउने भएको छ।
प्रकाशित: १ जेठ २०८१ १६:५९ | Tuesday, May 14, 2024
प्रतिक्रिया




