सहमति नजुट्दा प्रतिनिधिसभा बैठक अनिर्णित, परामर्शमा सभामुख

हिमाल प्रेस ८ जेठ २०८१ १२:०५ | Tuesday, May 21, 2024
सहमति नजुट्दा प्रतिनिधिसभा बैठक अनिर्णित, परामर्शमा सभामुख

काठमाडौँ- प्रतिनिधिसभा बैठक खुलाउन सभामुख देवराज घिमिरे प्रमुख दलका सचेतकहरूसँग छलफलमा जुटेका छन्।

यसअघि विपक्षी दलका नेतासँग छलफलमा बसेर सभामुखले प्रमुख दलका सचेतकहरूसँग छलफल थालेका हुन्।

आजै ११ बजेलाई बैठक बोलाइएको थियो। तर प्रमुख प्रतिपक्षी दलसँग सहमति नजुट्दा बैठक अनिश्चित बनेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणका विषयमा छानबिनमा गर्न संसदीय समितिको माग गर्दै आएको छ। तर समिति बनाउन गठित कार्यदलमा सहमति नजुटन सकेको छैन।

आज बिहान बसेको कार्यदलको बैठकले पनि संसदीय समितिको कार्यभारका विषयमा सहमति जुटाउन सके।

यता कांग्रेसले संसदीय समिति नबने सम्म संसद् चल्न नदिने अडान राखेको छ। यसै विषयमा सत्तारुढ दल र कांग्रेस छुट्टाछुट्टै बैठकमा छन्। प्रतिपक्षी दलले सरकारलाई मध्यमार्गी कुरा ल्याउन अनुरोध गरेको छ।

प्रकाशित: ८ जेठ २०८१ १२:०५ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast