सहकारी ठगी प्रकरण : राप्रपाले आफ्नी सांसदलाई अदालतमा उपस्थित हुन दियो निर्देशन

हिमाल प्रेस १४ जेठ २०८१ १७:५१ | Monday, May 27, 2024
सहकारी ठगी प्रकरण : राप्रपाले आफ्नी सांसदलाई अदालतमा उपस्थित हुन दियो निर्देशन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहकारी ठगी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएकी आफ्नी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिएको छ।

आज सोमबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले सांसद बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकपछि पत्रकारहरूलाई निर्णय जानकारी दिँदै उनले भने, ‘माननीय गीता बस्नेतमाथि नवलपरासीस्थित छिपछिपे सहकारीबाट उहाँसमेत सञ्चालक रहेको कृष्णसार रिसोर्टमा रकम गएको सन्दर्भमा उहाँमाथि प्रहरीले मुद्दा चलाएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ। पार्टीले यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको छ।’

साथै बैठकले अन्य सहकारी घोटाला प्रकरणको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ। ‘माननीय गीता बस्नेतमाथि नवलपरासीस्थित छिपछिपे सहकारीबाट उहाँसमेत सञ्चालक रहेको कृष्णसार रिसोर्टमा रकम गएको सन्दर्भमा उहाँमाथि प्रहरीले मुद्दा चलाएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ’, अध्यक्ष लिङ्देनले भने, ‘र पार्टीले यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको छ।

प्रकाशित: १४ जेठ २०८१ १७:५१ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast