सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

हिमाल प्रेस ३१ वैशाख २०८१ १०:४३ | Monday, May 13, 2024
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

धनुषा- जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये १४ लाख ५३ हजार बरामद गरेको उनले बताए।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो।

सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रुपैयाँ रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए।

घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८१ १०:४३ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast