सशस्त्रका प्रवक्तामा डीआईजी कुमार न्यौपाने

हिमाल प्रेस ४ जेठ २०८१ १७:२८ | Friday, May 17, 2024
सशस्त्रका प्रवक्तामा डीआईजी कुमार न्यौपाने

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कुमार न्यौपानेलाई दिइएको छ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो।

नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नंम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपति थिए।

उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected]  मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित: ४ जेठ २०८१ १७:२८ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast