‘सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दियौँ’

हिमाल प्रेस ७ जेठ २०८१ १६:०६ | Monday, May 20, 2024
‘सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दियौँ’ राजेन्द्र पाण्डे ।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दिएको बताएका हुन्। उनले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए। उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिनुभयो भन्ने आफूले बुझ्न नसकेको बताए।

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत पाए पनि प्रतिपक्ष दलहरूको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए। उनले शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने बताए।

प्रकाशित: ७ जेठ २०८१ १६:०६ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast