सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हिमाल प्रेस १ जेठ २०८१ ७:०५ | Tuesday, May 14, 2024
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

सरकारको वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।

सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न संसद् सचिवालयले आग्रह गरेको छ।

यद्यपि नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटाला प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ।

समिति गठन नभएसम्म सरकारलाई नीति तथा कार्यक्रम ल्याउन नदिने उसको अडानले आजको कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ।

प्रकाशित: १ जेठ २०८१ ७:०५ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast