सरकारको नीति तथा कार्यक्रमका विषयमा सभामुख र प्रधानमन्त्रीबीच संवाद

हिमाल प्रेस ३१ वैशाख २०८१ ११:५० | Monday, May 13, 2024
सरकारको नीति तथा कार्यक्रमका विषयमा सभामुख र प्रधानमन्त्रीबीच संवाद

काठमाडौँ- सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन्।

उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भयो।

प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिए। उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताए। उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए।

सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए। उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए।

उनले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिएका थिए।

प्रकाशित: ३१ वैशाख २०८१ ११:५० | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast