सभामुख दलको कार्यकर्ता हुनु भयो : राप्रपा

हिमाल प्रेस ७ जेठ २०८१ १५:३९ | Monday, May 20, 2024
सभामुख दलको कार्यकर्ता हुनु भयो : राप्रपा फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भुमिका निर्वाह नगरेको आरोप लगाए।

उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुुर्सीमा देखेको टिप्पणी गरे। उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्नसमेत गरे। उने बैठकमा प्रमुख प्रतिपक्ष दललगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भुमिकाप्रति प्रश्न उठेको बताए।

प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरूको साझा निष्कर्ष नै सभामुखको भुमिका सभाभुखको जस्तो नभएको रहेको बताए।

प्रकाशित: ७ जेठ २०८१ १५:३९ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast