सभामुखलाई ओलीले भने : केही निष्कर्षमा पुग्छौँ

हिमाल प्रेस ३१ वैशाख २०८१ १८:३९ | Monday, May 13, 2024
सभामुखलाई ओलीले भने : केही निष्कर्षमा पुग्छौँ सभामुख घिमिरे। फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गरेका छन्। घिमिरले सोमबार अपराह्न ओलीसँग संसद्को गतिरोध अन्त्य गर्नेबारे कुराकानीका लागि टेलिफोन गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सभामुखले संसद् अवरोध अन्त्य गर्न र भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दपूर्ण वातावारण बनाउन आग्रह गरेका छन्। अध्यक्ष ओलीले यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने जवाफ दिएका छन् ।

सभामुखले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रवि लामिछानेसँग पनि टेलिफोन संवाद गरेका छन्। आजै केहीबेर अघि सत्तारुढ दलका शीर्ष नेताबीच पनि बालुवाटारमा छलफल भएको थियो।

प्रकाशित: ३१ वैशाख २०८१ १८:३९ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast