सभामुखको अडान : संसदीय समिति बन्छ, प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिनुपर्छ

हिमाल प्रेस ७ जेठ २०८१ ११:३१ | Monday, May 20, 2024
सभामुखको अडान : संसदीय समिति बन्छ, प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिनुपर्छ कार्य व्यवस्था बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगरसहित कानुनमन्त्री पदम गिरी। तस्बिर : सभामुख सचिवालय

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई प्रभावित पार्न नमिल्ने बताएका छन्।

आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताएकाले यसलाई प्रभावित नपार्न अनुरोध गरेका हुन्।

आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ। विपक्षी नेपाली कांग्रेसले बैठक अवरुद्ध गर्ने रणनीति अपनाएको छ। सभामुखले विश्वासको मतको विषयलाई गभ्भीरतापूर्वक लिन विपक्षी दलहरूलाई अनुरोध गरेका छन्।

‘आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने नै हो। त्यसले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट पनि भनिन्छ।’

बैठकमा सभामुखे भने,‘हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ। आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउँदछ।’

उनले संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको बताए। ।

प्रकाशित: ७ जेठ २०८१ ११:३१ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast