खेलकुद मन्त्रालयले सन्दीप लामिछानेलाई अमेरिका पठाउनेबारे पहल थाल्यो

हिमाल प्रेस १० जेठ २०८१ १४:५३ | Thursday, May 23, 2024
खेलकुद मन्त्रालयले सन्दीप लामिछानेलाई अमेरिका पठाउनेबारे पहल थाल्यो

काठमाडौँ– अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भीसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरू गरेको छ।

आज युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भीसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको हो।

मन्त्री श्रेष्ठले सन्दीपको भीसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताउँदै अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताए। अब परराष्ट्र मन्त्रालयले सन्दीपको भीसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ। हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो।

प्रकाशित: १० जेठ २०८१ १४:५३ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast