सन्दीप लामिछानेको मुद्दामा जवाफी बहस सकियो

हिमाल प्रेस २ जेठ २०८१ १६:११ | Wednesday, May 15, 2024
सन्दीप लामिछानेको मुद्दामा जवाफी बहस सकियो फाइल तस्बिर

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याइ पाउँ भनि उच्च अदालत पाटनमा दिएको मुद्दाको बहस सकिएको छ। जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिएका लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा दुवैतर्फको बहस सकिएको हो। हिजो मंगलबारदेखि निरन्तर जारी सुनुवाइमा जाहेरवाला गौशाला– २६ र लामिछाने पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ।

फैसलाअघि न्यायाधीशहरू सन्दीप र गौशाला– २६ छिरेको होटलको सीसीटीभी फुटेज हेर्ने भएका छन्। १३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।

जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो। उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका हुन्। उच्च अदालतमा ११ फागुन २०८० मा सन्दीपको निवेदन दर्ता भएको थियो। पीडित पक्षले गौशाला– २६ नाबालिग नै रहेकाले त्यसैबमोजिम थप सजाय माग गर्दै २ चैत २०८० मा पुनरावेदन गरिएको थियो।

प्रकाशित: २ जेठ २०८१ १६:११ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast