सन्दीपको मुद्दाको पेसी पहिलो नम्बरमा, भट्ट र उप्रेतीको इजलासमा

हिमाल प्रेस १ जेठ २०८१ ११:२५ | Tuesday, May 14, 2024
सन्दीपको मुद्दाको पेसी पहिलो नम्बरमा, भट्ट र उप्रेतीको इजलासमा फाइल तस्बिर।

काठमाडौँ- उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ सुरु गरेको छ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्न माग गर्दै सन्दीपले गरेको पुनरावेदन न्यायाधीशद्वय सुदर्शनदेव भट्ट अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ थालिएको हो।

यसअघि पाँचपटक पेसी तोकेर पनि सुनुवाइ हुन नसकेको सो मुद्दा आज पेसी सूचीको पहिलो नम्बरमै परेको हो।

गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।

प्रकाशित: १ जेठ २०८१ ११:२५ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast