सदनमा आज सभामुख देखिनँ : विश्वप्रकाश शर्मा

हिमाल प्रेस ७ जेठ २०८१ १३:१९ | Monday, May 20, 2024
सदनमा आज सभामुख देखिनँ : विश्वप्रकाश शर्मा विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको सदनमा सभामुख नदेखेको बताएका छन्। सभामुख सत्ताको ‘रबर स्ट्याम्प’ बनेको भन्दै शर्माले सभामुख नदेखेको बताएका हुन्।

‘सदनमा आज सभामुख देखिन ! देखिरहेको छु– रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको छ। यहीबीच आज प्रधानमन्त्रीले विश्वासको मत लिए। कांग्रेसले विरोध गरिरह्‍यो। प्रतिपक्षीको विरोधका बीच सभामुखले पेलेरै संसद् अघि बढाएका थिए।

प्रकाशित: ७ जेठ २०८१ १३:१९ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast