‘सतीदेवी’ काे दोस्रो पोस्टरमा बच्चासहित गम्भीर भावमा मलिका

हिमाल प्रेस १५ जेठ २०८१ ११:०७ | Tuesday, May 28, 2024
‘सतीदेवी’ काे दोस्रो पोस्टरमा बच्चासहित गम्भीर भावमा मलिका

काठमाडौँ- फिल्म ‘सतीदेवी’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मकी मुख्य पात्र मलिका महत बच्चालाई स्तनपान गराइरहेकी र गम्भीर भावमा देखिएकी छन्। उनी आमाको भूमिकामा छिन् भने उनको छेउमा दुई बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ रोइरहेकी छन्।

पहिलो पोस्टरले मलिका कालोमोसो र जुत्ताको मालासहित लखेटिरहेको दृश्य प्रस्तुत गरेको थियो। फिल्ममा बाबु र छोरीहरुबीचको सम्बन्धको कथा प्रस्तुत गरिएको छ।

‘छोरी पुजौँ, छोरी बुझौँ, यिनै संसार सारा’ ट्यागलाइन राखिएको फिल्म रंग पत्रकार लक्ष्मण सुवेदीको लेखन तथा निर्देशन गरेका हुन्। फिल्म आगामी साउन ४ गते प्रदर्शन हुनेछ।

फिल्ममा मलिका, हर्षिका र मन्जिलासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनिषा सापकोटा, सन्देश लिम्बू, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, जयन्त रेग्मी लगायतको अभिनय छ।

बाबु श्रेष्ठले छायांकन गरेको फिल्म दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ।

सिनेमाको निर्मातामा श्रीदेवी, दिलासा र सारा सुवेदी छन्। दिलासा र साराको संयुक्त प्रस्तुति रहेको दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: १५ जेठ २०८१ ११:०७ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast